Categories
मिति २०८२ साल १२ महिना १
गतेदेखि २०८२ साल १२ महिना ५ गतेसम्म सञ्चालन गरिएको अन्तरसदनात्मक खेलकुद सप्ताह कार्यक्रम अन्तर्गत आज मिति २०८२ साल १२ महिना ५ गतेका दिन यस कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख
भवराज निरौला ज्यूको प्रमुख आतिथ्य तथा व्यवस्थापन सङ्कायका
सङ्काय प्रमुख तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक हरिन्द्र बहादुर भाट ज्यूको सभापतित्वमा हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न
गरियो । यस अवधिमा कार्यक्रमलाई सफल बनाउन
सहयोग पुर्याउनु हुने क्याम्पस सञ्चालक समितिका
अध्यक्ष तथा सम्पूर्ण पदाधिकारी ज्यू, प्राध्यापक तथा कर्मचारी, रेफ्री, सदन शिक्षक, सदन क्याप्टेन, सह-क्याप्टेन,
खेलाडी भाइबहिनी तथा सम्पूर्ण विद्यार्थीहरू लगायत खेल मैदान उपलब्ध गराई सहयोग गर्नुहुने विद्यालयहरुमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन
गर्दछौँ ।
-क्याम्पस परिवार
कृष्ण वैजनाथ बहुमुखी क्याम्पस
शुक्लाफाँटा-१०, झलारी, कञ्चनपुर